adv

विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य : मन्त्री यादव


बिराटनगर, १६ कार्तिक ।
प्रदेश नम्बर १ का नवनियुक्त सामाजिक विकास मन्त्री जयराम यादवले देश र समाजको विकासका निम्ति राजनीतिक स्थिरता अपरिहार्य भएको बताएका छन् ।

मंगलबार प्रदेश १ सरकारको समाजिक विकास मन्त्रीको सपथ लिएसँगै पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

मुलुकको विकास र समृद्धिका लागि राजनीतिक नेतृत्व र राष्ट्र सेवक कर्मचारीले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री यादवले राष्ट्र सेवक कर्मचारी र जननिर्वाचित प्रतिनिधिहरु बीचको सहकार्यले मात्रै मन्त्रालयले जनअपेक्षा अनुसार काम गर्न सक्ने भन्दै कर्मचारीहरुलाई सहयोग गर्न आह्वान समेत गरे ।
उनले भने –‘हामी पाँच वर्षका लागि निर्वाचित भएर आएका हौं । तर तपाईं रास्ट्र सेवक कर्मचारीहरु लोकसेवा लगायत विभिन्न आयोगहरु पार गर्दै आउनु भएको छ । तपाई हामीले मिलेर काम गरेको खण्डमा अवश्य पनि जनअपेक्षा अनुसार परिणाम दिन सकिन्छ ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु