adv

बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

मोरड्ं,१७ कार्तिक । अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधवार भएको फाइनलमा शेर्पा क्लबले महेन्द्र सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

शेर्पाको जीतमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले एक एक गोल गर्दा एपीएफका रबी थिङले एक गोल फर्काए । शेर्पाका लागि एन्जलले पहिलो हाफको पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा एपीएफका रबीले गोल गरेपछि पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो । ७१ औं मिनेटमा शेर्पाका विदेशी खेलाडी मुटम्बाले गोल गर्दा टिम २–१ गोलले अघि बढेको थियो । ८९ औं मिनेटमा सुरजले गोल गरेपछि शेर्पा क्लब ३–१ गोल अन्तरले उपाधि जित्न सफल भयो ।

फाइनल खेलमा शेर्पाका सञ्जित राई म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार ५ सय प्राप्त गरे ।

उपाधि विजेता शेर्पा क्लबले नगद पाँच लाख र ट्रफी प्राप्त गर्दा उप विजेता भएको एपीएफले २ लाख ५० हजारमा चित्त बुझायो । विजेता टिमलाई प्रदेशन १ का आन्तरिक कानुन मन्त्री केदार कार्कीले पुरस्कार वितण गरेका थिए । विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ११ हजार नगद पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट गोलकिपर शेर्पाका किशोर गिरी, उत्कृष्ट डिफेन्स शेर्पाका एन्जल गुरुङ, उत्कृष्ट मिडफिल्डमा एपीएफका नबीन लामा रहे । उत्कृष्ट फरवार्डमा शेर्पाका नविन लामाले पुरस्कार पाउँदा उत्कृष्ट प्रशिक्षक शेर्पाकै युगल किशोर राई घोषित भए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु