adv

नेकपा एमाले माङसेबुङ ३ को उपाध्यक्षमा १९ बर्षीया युवा नेतृ सुनिला

 

माङसेबुङ, १७ कार्तिक । इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेको वडा अधिवेशनबाट १९ वर्षीया युवा नेतृ सुनिला राई निर्वाचित भएकी छिन् ।

स्नातक तह अध्ययन गर्दै गरेकी राई सानै उमेर देखि नै राजनीतिमा चासो राख्ने गर्थिन् । पारिवारिक वातावरणले पनि राजनीतिमा चासो बढेको राई बताउछिन् । उनले हरप्रहरन्यूजसँग कुरा गर्दै राईले भनिन् –‘अहिलेको नयाँ पुस्ताहरु खास राजनीतिमा चासो दिदैनन्, राजनीतिले भविष्य विगार्ने भन्दै व्यक्तिगत काममा मात्र अविभावकले पनि लगाउने परिपाटि चलेको छ ।’ त्यसै गरि उनले थपिन् ‘तर हाम्रो परिवारमा भने बुवा राजनीतिमा हिड्नु हुन्थ्यो, हामि सानै थियौं, अहिले त बुवा जनप्रतिनिधि समेत हुनुहुन्छ, त्यो बेला देखि नै घरमा राजनीतिक गफ हुने घरको माहोल, बुवाको मार्गदर्शन अनि सबै अविभावकहरुको मायाले गर्दा राजनीतिमा लाग्न अभिप्रेरित भएको बताउछिन् ।’

आज बुधबार चतुरेमा सम्पन्न प्रथम वडा अधिवेशनबाट राई वडा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । सो अधिवेशनबाट टन बहादुर साम्बाको अध्यक्षतामा ३१ सदस्यी समिति निर्वाचित भएका छन् । उपाध्यक्षमा सुनिला राई, सचिवमा कुल बहादुर लिम्बु, उपसचिवमा मन बहादुर बुढाथोकी र अर्का उपसचिवमा सुरज राई निर्वाचित भएका छन् ।

माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मैतराज राईको अध्यक्षतामा तथा नेकपा एमाले प्रदेश नं. १ का सदस्य जयप्रकास राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले इलाम जिल्ला सल्लाहकार केहरसिंह योङहाङ, नेकपा एमाले इलाम जिल्ला सचिवालय सदस्य तथा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राई, निर्वाचत संयोजक भरत बस्नेत लगायतको उपस्थित रहेको कार्यक्रम नेकपा एमाले वडा सचिव मनकुमार साम्वाले सञ्चालन गरेका थिए ।

माङसेबुङ गाउँपालिका भित्रका ६ वटै वडाहरुमा एकैसाथ नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा अधिवेशन आज बुधबार सम्पन्न भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु