सिन्धुपाल्चोक, १७ कात्तिक । १२औं राष्ट्रिय जनगणनालाई लक्षित गरेर नेपाल शेर्पा समाजले ‘शेर्पा लेखौं र लेखाऔं’ महाअभियान सञ्चालन गरेको छ ।
नेपाल शेर्पा समाज, केन्द्रीय समितिको आयोजनामा मंगलबार शेर्पा बाहुल्य जिल्ला र स्थानीय तहहरुमा अभियान सञ्चालन गरिएको हो ।
नेपाल शेर्पा संघको आह्वानमा समाजले जनगणनामा जाति र भाषाको महलमा अनिवार्य शेर्पा लेखाउने अभियान सञ्चालन गरिएको संघका उपाध्यक्ष च्येङा शेर्पा (साहिल)ले जानकारी दिएका छन् ।
नेपाल शेर्पा संघको केन्द्रीय कार्यालयमा ‘शेर्पा लेखौं र शेर्पा लेखाऔं’ महाअभियान अन्तर्गत सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरिएको पासाङ शेर्पाले बताइन् ।