मेचीनगर,१८ कार्तिक । झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्र राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।
बुधवार मेचीनगर नगरपालिकाले तिहार तथा छठपर्वलगायत अन्य चाडपर्वलाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकायका प्रमुखहरुसंग गरेको छलफलमा तिहारमा खेलिने देउसी भैलो राति ९ बजे खेल्न नपाइने निर्णय भएको नगरप्रमुख बिमल आचार्यले बताए ।
यस्तै तिहारमा हुन सक्ने विभिन्न दुर्घट्नाहरुलाई कम नियन्त्रण गर्न पटकजन्य बस्तुको प्रयोग र आयातमा समेत पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
जुवातास, डाइस लगायतका जुवाजन्य खेलहरु समेतमा प्रतिबन्ध लगाएको नगरपालिकाले जनाएको छ ।
सांस्कृतिक परम्परा जगेर्नाका लागि खेलिने देउसी भैसो खेल्दा सुरक्षीत र सांस्कृतिक भेषभुषा सहितको पहिरहन लगाएर खेल्न पनि नगरपालिकाले नगरबासीहरुसंग आग्रह गरेको छ ।
नगरपालिकाले होटलजन्य ब्यवशायहरु बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।
नगरपालिकाको सभाकक्षमा भएको छलफलमा चाडपर्वका नाममा हुने विकृतिविसंगति नियन्त्रण गर्नेलगायतका महत्वपूर्ण निर्णय भएको नगर प्रमुख आचार्यले बताए ।