adv

याक्खा संस्कार र संस्कृति बारे जानकारी दिने पुस्तक विमोचन

धरान, १८ कार्तिक । याक्खा जातिको संस्कार र संस्कृति बारे जानकारी दिने दुई पुस्तकको बुधबार विमोजन गरिएको छ ।

किरात याक्खा छुम्मा धरान उपमहानगर समितिको आयोजनामा एक कार्यक्रमका बीच याक्खा संस्कृतिमा आधारित ‘यावानावा’ र ‘पोक्ता’ पुस्तक विमोचन गरिएको हो ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन गरिएको हो ।

धरान उपमहानगरपालिकास्थित जनजाति विकास समितिको प्रकाशन सहयोगमा किरात याक्खा छुम्मा धरान उपमहानगर समिति धरानले पुस्तक प्रकाशनमा ल्याएको छुम्माका नगर अध्यक्ष हेमराज जिमीले जानकारी दिए ।

पुस्तकमाथि घरान प्रज्ञा प्रतिस्ठानका उप–संयोजक प्रा. डा. भोला पोख्रेल र डा. कमल तिगेलाले टिप्पणी गरेका थिए भने याक्खा संस्कृतिविद् बम देवान र गोपाल देवानले पुस्तक बारे थप चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ सुनसरी अध्यक्ष जनकऋषि राई, मानबहादुर याक्खा, नेत्र याक्खालगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा छुम्मा केन्द्रीय उपाध्यक्ष लहरु जिमिको विशेष आतिथ्यता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु