adv

प्रदेशको नामाकरण बहुपहिचानमा आधारित हुन्छ : मुख्यमन्त्री राई


बिराटनगर, २४ कार्तिक ।  
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नम्बर १ को नाम बहुपहिचानमा आधारित हुने बताएका छन् ।

मंगलबार किरात राई यायोक्खाको केन्द्रीय टोलीसँगको भेटमा मुख्यमन्त्री राईले आफूले प्रदेशको नामाकरण गर्दा बहुपहिचानमा आधारित नामका लागि पहल गर्ने बताएका हुन् ।

भेटमा मुख्यमन्त्री राईले आफूसम्बद्ध पूर्ब पार्टी नेकपा(एमाले)को दुई वटा महाधिवेशनले बहुपहिचानको आधारमा नाम राख्ने प्रष्ट निर्णय गरेको, निर्वाचनहरुमा लिखित रूपमै प्रतिबद्धता गरेकोले नाकारण बारे आफू प्रष्ट रहेको बताएका थिए ।

यायोक्खाको टोलीले किरात शब्द कुनै एक जाति बिषेशभन्दा सभ्यता, भूगोल, इतिहास, संस्कृति भएको दावि गर्दै प्रदेशको नाकारकण गर्दा किरात प्रदेश नामाकरणका लागि जोड दिएका थिए ।

नामको लागि सरकारसम्बद्ध र प्रतिपक्षी दलहरुसँग छलफल गरेर सर्वसहमतिको आधारमा नाम राख्न आफू लागि पर्ने भन्दै राईले सरकार जनताको भावना अनुसार चल्ने भएको हुँदा बहुपहिचानको आधारमा नाम राख्दा प्रदेशसभा सदस्यहरुले पनि साथ दिने विश्वास व्यक्त गरेका थिए ।

किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक याम्फु राई, केन्द्रीय प्रचार बिभाग प्रमुख एवम् सचिव अर्जुन जम्नेली राई लगायतको सहभागितामा प्रदेशको नाम बारे छलफल भएको थियो ।

कार्तिक २७ गतेबाट काठमाडौंमा हुन लागेको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको निम्तो दिने क्रममा यायोक्खा पदाधिकारी र मुख्यमन्त्रीवीच भेट भएको थियो । भेटमा पदाकिारीहरुले यायोक्खा संस्थाको तर्फबाट मुख्यमन्त्री राईलाई बधाई तथा शुभकामना दिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु