काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कतार प्रस्थान गरेको छ ।
कतारसँग टी-२० सिरिज खेल्न नेपाली महिला क्रिकेट टोली आज बिहान कतार प्रस्थान गरेको हो । टिमलाई नेपाल क्रिकेट संघ क्यानले शनिबार विदाई गरेको थियो ।
नेपालले कतारसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पहिलो खेल मंगलबार खेल्नेछ भने दोस्रो खेल बुधबार र अन्तिम खेल बिहिबार खेल्नेछ ।
कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।