adv

मुख्यमन्त्री राईले पाए विश्वासको मत

विपक्षमा मत हाल्न एमालेका १३ जना सदस्य नै अनुपस्थित

विराटनगर, १ मंसिर ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई ।

प्रदेश नरमबर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभामा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन् ।

९२ सदस्यीय प्रदेश सभामा राईले ५० मत पाए भने उनको विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । बुधबारको बैठकमा एमालेका ४१ मध्ये १३ सभा सदस्य अनुपस्थित थिए ।

एमालेका प्रदेश सभा सदस्य बाहेक सत्ता गठबन्धन दलका सदस्यहरुले राईको पक्षमा मतदान गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु