adv

बाढी–पहिरोमा विस्थापित बालबालिकालाई बाल हेल्पलाइन १०९८ को सहयोग

माङ्सेबुङ। ईलामको माङ्सेबुङमा गएको कात्तिक महिनामा परेको अविरल बर्षाका कारण विस्थापित बालबालिकाहरुलाई राहत सहयोग गरिएको छ।

बाल हेल्प लाइन १०९८ मानवअधिकार मञ्च नेपाल ईलामले माङसेबुङ गाउँपालिका ६ नम्बर वडाका पाँच परिवारका १८ वर्ष भन्दा मुनिका सात बालबालिकालाई सहयोग गरेको हो ।

स्थानीय ४ वर्षका एरिन राई, ८ वर्षका साजन राई, ६ वर्षका जोनसन मगर, १६ वर्षकी रेस्मा राई, १३ वर्षकी अञ्जली राई, १४ वर्षकी रेजिना राई र १३ वर्षका रोहित राईलाई दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, शैक्षिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेको मानव अधिकार मञ्च नेपालका बाल हेल्प लाईन प्रमुख भक्त बहादुर थामिले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले पिडित परिवारहरुलाई राहत अपुग भएकोले अन्य सहयोगि हातहरु र सरोकार वालालाई सहयोगको निम्ति आग्रह गरे । त्यस्तै नेकपा एमाले माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ईलामको दुर्गम गाउँपालिका भएकोले क्षति पनि धेरै भएकोले पूर्ण रुपमा सहयोग नपुगेका कारण समस्यापूर्ति का निम्ति सबैलाई आफ्नो क्षेत्रबाट सहयोग गरिदिन अनुरोध गरे ।

ईलामको माङ्सेबुङ-६ स्थित पञ्चमि बजारमा आयोजित कार्यक्रममा माङ्सेबुङ-६ वडा अध्यक्ष प्रदिप साङ्पाङ राई, कार्यपालिका सदस्य पूर्ण कार्कि, कला शिवा, पालिकाका कर्मचारि, सुरक्षा कर्मि तथा स्थानियहरु लगायत मानव अधिकार मञ्च नेपालका बाल हेल्प लाईन प्रमुख भक्तबहादुर थामि, डेस्क अफिसर याम माबो लिम्बु, डेस्क अधिकृत रञ्जु थामि, सरिता राई लगायतको उपस्थिति रेहेको थियो ।

गत कात्तिक १ देखि ३ सम्म भएको अविरल वर्षापछि बाढी–पहिरो आउँदा इलाममा १५ जनाको मृत्यु भएको थियो। फाकफोकथुम गाउ“पालिकामा सबैभन्दा बढी ६, माङसेबुङ गाउ“पालिकामा ४, सूर्योदय नगरपालिकामा ३ र माई तथा देउमाई नगरमा १/१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ। बाढी–पहिरोले जिल्लाका १० वटै स्थानीय तहमा क्षति पुर्‍याएको छ।

बाढी–पहिरोका कारण जिल्लामा २ सय ८५ जना विस्थापित भएका छन् भने ५ जना घाइते छन्। विस्थापित सबैजसो आफन्तकहाँ आश्रय लिएर बस्न बाध्य छन्। ६ सय ४४ घर–गोठमा बाढी–पहिरोले क्षति गरेको छ। १९ घर पुरानोबाट नयाँ स्थानमा सार्नुपर्ने देखिएको प्रशासनले जनाएको छ। जिल्लामा बाढी–पहिरोबाट घर–आवासतर्फ ४६ करोड ९६ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु