adv

एमसीसी बारे विवाद बढिरहेका बेला अमेरिकी उच्च अधिकारीको तीन दिने नेपाल भ्रमण !

दमक, २ मंसिर ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु । तस्वीर स्रेत : नेपालका लागि अमेरिकी दूतावास ।

नेपालमा अमेरिकी परियोजना एमसीसीका बारेमा विवाद चुलिँदै गएको समयमा आज बिहीबार एक अमेरिकी उच्च अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने भएका छन् ।

अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टचार भेट गर्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

अमेरिकी सहायक विदेशमन्त्री लु र प्रम देउवाबीच बालुवाटारमा भेटघाट हुने भनिए पनि कुराकानीको विषय खुलाइएको छैन । धेरैको अनुमान भने अमेरिकी पक्षले नेपालमा विवादित एमसीसी कार्यान्वयनका लागि नेपाललाई दवाव दिन सक्ने भन्ने रहेको छ ।

त्यस्तै लुले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकनसमेत गर्नेछन् ।

यसअघि अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भने सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ ।

बिहीबार नै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौं आइपुग्ने दूतावासको विज्ञप्तिमा जनाइएको छ । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

तीन दिने नेपाल भ्रमणमा आएका लुको यो भ्रमण नेपाल–अमेरिकी कुटनीतिक सम्बन्ध स्थापित भएको ७५औं वर्षको अवसरमा भएको दूतावासको तर्क छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु