adv

गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशाको इड्ंगेजमेन्ट

झापा । गायिका प्रविशा अधिकारीले आज इन्गेजमेन्ट गरेकी छिन् । ‘द भ्वाइस किड्स’की कोच समेत रहेकी उनले आफ्ना प्रेमी निर्माण सिटौलासँग आज टिकाटालो गरेकी हुन् ।

प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो । निर्माण झापा चारापानेका हुन् । तर, उनी लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् ।

प्रविशा र निर्माणको बिहे मंसिर ५ गते हुँदैछ । यसका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी छिन् ।

प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले नै अगाडि बढाएको हो । तर, बिहेको कुरा अगाडि बढेपछि प्रविशा र निर्माणको कुराकानी सुरु भएको थियो । कुराकानीका क्रममा उनीहरुले एक अर्कालाई मन पराएका हुन् ।

बिहेकै लागि निर्माण केही समय अगाडि मात्र नेपाल आएका थिए । मंसिर ५ गते प्रविशाले आफ्ना परिवार र आफन्तलाई साक्षी राखेर निर्माणसँगै बैबाहिक जीवन सुरु गर्ने तयारी गरेकी छिन् ।

प्रविशा ‘द भ्वाइस किड्स’को कोच बनेपछि चर्चामा छन् । उनले गाएका दर्जन बढी गीतले पनि दर्शकको मन जितिसकेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु