adv

क्लिनस्विपको इतिहास बनायो नेपाली महिला क्रिकेट टिमले

दमक, २ मंसिर ।

सिरिज क्लिनस्विप गरेपछि विजयी पोज दिँदै नेपाली महिला क्रिकेट टोली ।

नेपाली महिला क्रिकेटले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिज विजयको उत्साहमा क्लिनस्विपको अर्को कीर्तिमान बनाएको छ ।

कतारविरूद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला टोलीले ३–० ले क्लिनस्विप गर्दै इतिहास रचेको हो ।

बिहीबार सम्पन्न तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो । यसअघि नेपालले लगातार दुई खेल जितेर सिरिज कब्जा गरिसकेको थियो ।

पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले कतारलाई हराएको नेपालले लगातार तेस्रो खेलमा पनि बाजी मारेर पहिलो अन्तर्राष्ट्रिय टी–२० सिरिज हात पर्दै क्लिनस्विपको पनि कीर्तिमानी बनाएको हो ।

बिहीबार दोहामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।

नेपालका लागि सीता रानामगरले नटआउट ८२ रनको योगदान गरिन् । मगरले नेपालका लागि टी–२० मा सर्वाधिक रन बनाउने कीर्तिमान समेत कायम गरिन् ।

१६५ रनको लक्ष्य बोकेर मैदान पसेको कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र जोड्न सफल भएको थियो ।

कतारका लागि अलीना खानले १९ रन र कप्तान आयसाले १३ रनको योगदान दिए भने अन्य ब्याटर सस्तोमै समेटिएका थिए ।

बलिङमा नेपालका सबनम राई, सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले १–१ विकेट लिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु