adv
adv

महाधिवेशन २ दिन पछि सार्दै राप्रपा

दमक, ३ मंसिर ।

महाधिवेशनको मिति सार्ने बारे छलफलमा केन्द्रीत राप्रपा अध्यक्ष त्रय शमशेर, थापा र लोहनी ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर ११, १२ र १३ गतेका लागि तय गरेको महाधिवेशन २ दिनपछि सारेको छ ।

केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्राले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ –‘आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा गर्ने भनिएको महाधिवेशन मिति परिवर्तन गरी आगामी मंसिर १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ ।’

विज्ञप्तिमा पार्टीका तीन जना अध्यक्ष पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबीच सम्पन्न बैठकले यस्तो निर्णय भएको उल्लेख छ ।

महाधिवेशन मिति सरेसँगै महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मितिमा पनि सामान्य हेरफेर भएको पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । महाधिवेशनको मिति सरेको बारे ट्वीट गर्दै उनले भनेका छन् –‘केही तयारीहरु बाँकी थिए त्यसैले अन्तिमपटक सार्नुपरेको हो, अब चाहिँ सर्दैन । निर्धारित मिति मै महाधिवेशन हुने ग्यारेन्टी छ ।’

यसघि मंसिर ३ देखि ५ गतिसम्ममा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यतालिका रहेकोमा अब मंसिर ६, ७ र ८ गतेभित्र महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन हुने राप्रपा स्रोतले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु