adv
adv

जसपा प्रदेश १ मा पूर्व राजपाका पदाधिकारी र सदस्य थप हुँदै

दमक, ३ मंसिर ।

जसपाको झण्डा ।

जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिमा पूर्व राजपाका ४ पदाधिकारीसहित १५ जना समावेश गरिने भएको छ ।

आगामी मंसिर ७ गते जसपा प्रदेश नम्बर १ स्रोतका अनुसार पूर्व राजपाका १५ जना नेताहरुलाई समावेश गरी समायोजन सम्पन्न गरिने छ । इटहरीस्थित जसपाको प्रदेश पार्टी कार्यालयमा समायोजन कार्य सम्पन्न हुँदैछ ।

राजपातर्फबाट २ उपाध्यक्ष र २ सचिव गरी ४ पदाधिकारी थप गरिने सहमति भएको अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए । ‘दुई उपाध्यक्ष र दुई सचिवसहित जम्मा १५ जना पूर्व राजपाका साथीहरुलाई समावेश गरेर प्रदेश समायोजन कार्य टुङ्ग्याउने सहमति भएको छ’, उनले भने ।

जसपाको अन्तरिम विधान अनुसार प्रदेश समितिमा अध्यक्ष १, उपाध्यक्ष ७, मुख्यसचिव १, सचिव ५ र कोषाध्यक्ष १ रहने व्यवस्था छ । यस बाहेक प्रदेश सल्लाहकार समितिका प्रमुख, विज्ञ परिषद्का प्रमुख, निर्वाचन आयोजका प्रमुख, लेखा आयेगका प्रमुख र अनुशासन आयोगका प्रमुख पदाधिकारी सरह हैसियतमा रहन्छन् ।

यस्तै जसपाको प्रदेश पदाधिकारी बैठकले थप ८ जनालाई पार्टीको प्रदेश समिति सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा छिकिन तामाङ, जितबहादुर कुमाल र शिल्पा राई (इलाम), भीम वि.क. र छिवाहाङ राई (उदयपुर), बुद्ध इङ्वा लिम्बू (पाँचथर), फुर्वा छिरिङ लोमी (संखुवासभा) र बासु बराल (मोरङ) छन् ।

उनीहरुलाई मंसिर १ गते बसेको पदाधिकारी बैठकले मनिनित गरेको जसपा मुख्यसचिव प्रभुराम श्रेष्ठले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु