दमक । झापा दमक–२ का ब्लड क्यानसर (ल्यूकेमिया) बाट पिडित छितिज साम्सोहाङ लिम्बूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
१३ वर्षकै कलिलो उमेरमा ब्लड क्यानसर (ल्यूकेमिया) बाट पीडित लिम्बुको उपचारको लागि छितिज साम्सोहाङ उपचार समितिबाटसंकलित रकम हस्तान्तरण गरिएको हो । समितिले जम्मा एक लाख ७१ हजार एक सय ६५ रुपैयाँ बिरामी परिवारलाई हस्तान्तरणगरेको हो ।
शुक्रबार बिरामि निवासमा पुगि ७१ हजार एक सय ६५ रुपैयाँ प्रदान गरिएको थियो भने नगद एक लाख यसअघि नै प्रदान गरिएकोसमिति संयोजक आकाश लिम्बुले बताए ।
चितवनको भरतपुर क्यानसर अस्पतालमा उपचारत छितिजको उपचारमा आर्थिक समस्या भएपछि दमकका युवाहरुको अगुवाइले छितिज साम्सोहाङ लिम्बू बचाउ अभियान गठन गरि सो रकम संकलन गरिएको संयोजक लिम्बुले बताए ।
रकम हस्तान्तरणसँगै अभियान स्थगित गरिएको पनि संयोजक लिम्बुले बताए ।