adv

ढकालद्वारा जन्मदिनमा पत्रकार उपचार कोषलाई सहयोग

झापा । पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन्।

आफ्नो जन्मदिनको अवसरमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन्।

नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी , समाजवादी प्रेस संगठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले सो रकम हस्तान्तरण गरेका हुन् ।

झापाली संञ्चारकर्मीहरुकै हितका निमित्त स्थापित कोषमा रकम प्रदान गर्दै पत्रकार ढकालले खुशी व्यक्त गरे ।

पत्रकार उपचार कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु