adv
adv

कोरोनाको संक्रमण दर घट्दो तर रोक्किएन मृत्यु

दमक, ४ मंसिर ।


शनिबार नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २४२ जना संक्रमित थपिएका हुन् ।

७ हजार १३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका मन्त्रालयको भनाइ छ । यो तथ्यांकलाई हेर्दा भने कोरोनाको संक्रमण दर घटेर गएको देखिन्छ । शनिबारको आँकडा अनुसार संक्रमण दर ३.३ प्रतिशतमा झरेको हो । शनिबार मात्रै ४४४ जनाले कोरोना जितेका छन् ।

तर मन्त्रालयकै तथ्यांकले कोरोनाबाट दैनिक मानिसहरु मर्ने क्रम भने नरोक्किएको देखाएको छ । शुक्रबार कोरोना संक्रमित ५ जनाले ज्यान गुमाएका थिए भने शनिबार पनि थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्राप्त तथ्यांक अनुसार नेपालमा अहिले ७ हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु