adv

रेवतले ल्याए ‘तिमी तारेभिर’को मेल भर्सन

दमक, ४ मंसिर ।

नेपाली स्रोतामाझ लोकप्रिय गीत तिमी तारेभिर (मेल भर्सन) को म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ ।

गायक रेवत राई आफैले निर्माण गरेको गीतको म्युजिक भिडियो उनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

किरण चाम्लिङ राईको कथा र निर्देशन रहेको मेल भर्सन गीतमा अभिनेता दयाहाङ राई र मिनु मगरको अभिनय देख्न पाइन्छ । गीतमा बाल कलाकार नुमा राईले गरेको अभियन पनि अब्बल छ ।

गीत सार्वजनिक गर्दै रेवातले आफ्नो फेसबुक पेजमा लेखेका छन् –‘आफ्नो सर्वाधिक लोकप्रिय गीत, मलाई अत्यधिक मन पर्ने रचनाकार,संगीतकार, गायिका अग्रजहरूको सहकार्य आज मैले मेल भर्सन गाउने अवसर पाउँदा भाग्यमानी ठानेकोछु साथै अनुमतीको लागी आभारीछु । हामिले अडियो हुँदै भिडियो बनाई आज हजुरहरू माँझ सुम्पेका छौं । गीत वरिष्ठ साहित्यकार एवम् प्राज्ञ श्रवण मुकारूङ, संगीत वरिष्ठ संगीतकार एवम् प्राज्ञ शान्तिराम राई, स्वर पबित्रा सुब्बा अग्रजप्रति सम्मान सहित यो गीत शेयर गरें ।’

गीतको एरेन्ज र मिक्सिङ देवेश राईले गरेका छन् भने भूपेन्द्र तुम्बाहाङफेले छायांकन गरेका हुन् । अनिल रानाले सम्पादन गरेको गीत सार्वजनिक भएको केही समयमै ३० हजार बढी दर्शकले हेरिसकेका छन् भने ६३ हजार भन्दा बढीले लाइक गरेका छन् ।

चर्चित कवि श्रवण मुकारुङले लेखेको गीत पहिलो पटक ५० को दशकमा चर्चित गायिका पवित्रा सुब्बाले गाएकी हुन् । वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत रहेको गीतको अघिल्लो पटक पनि कला सुब्बाको निर्देशनमा म्युजिक भिडियो बनेको थियो ।

उक्त म्युजिक भिडियोमा गायिका सुब्बा र आलोक नेम्बाङको अभिनय हेर्न सकिन्छ ।

गीतको भिडियो लिंक :

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु