adv

माओवादी केन्द्र माङसेबुङ ३ को वडामा सजन

माङसेबुङ, ५ माघ ।

माओवादी केन्द्र माङसेबुङ ३ को वडा अधिवेशनमा अतिथि गण । तस्वीर स्रोत मा. के. वडा नम्बर ३ समिति ।

नेकपा माओवादी केन्द्रको माङसेबुङ ३ स्थित वडा अधिवेशनले सजन राईको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

समितिका उपाध्यक्षमा जितकुमार राई, सचिव कविन्द्र राई, सहसचिव शरद जंहाङ्ग राई र कोषाध्यक्षमा रोनिसा राई निर्वाचित भएका छन् । नवनिर्वाचित समिति २९ सदस्यीय रहेको छ । नवगठित समितिलाई मंसिर ११ गते सम्पन्न हुने गाउँपालिका सम्मेलनमा सपथ गराइने पार्टी स्रोतले जनाएको छ ।

केन्द्रका माङसेबुङ वडा नम्बर ३ का अध्यक्ष सुरेश राईको अध्यक्षतामा तथा इमाल जिल्ला सदस्य एवम् माङसेबुङ गाउँ कमिटी अध्यक्ष जनम खम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा वडा निर्वाचन संयोजक बलबहादुर कार्की, निवर्तमान माङ्सेबुङ वडा नम्बर २ का अध्यक्ष पृथिमान चवेगु लगायत अतिथि सहभागी थिए ।

आयोजकको तर्फबाट सजन राईले स्वागत गरेको कार्यक्रममा शुवर्ण राईको सञ्चालन रहेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु