adv

प्रदेश नम्बर २ मा नेकपा एस पनि सहभागी

जनकपुरधाम, ५ मंसिर ।

मन्त्री पदको शपथ लिँदै प्रदेश नम्बर २ का नवनियुक्त मन्त्रीहरु महतो र यादव । तस्वीर स्रोत : मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिष मिश्रको फेसबुक ।

प्रदेश नम्बर २ मा दुई जना मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ ।

आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एस)का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको शपथ गराएका हुन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा उनीहरुलाई मन्त्री बनाइएको हो ।

महतोले उद्योग पर्यटन वन मन्त्रालयको जिम्मेवारी पाएका छन भने यादवले कानुन न्याय तथा प्रदेश मामिला मन्त्तालयको जिम्मेवारी पाएका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहलगायत सहभागी थिए ।

प्रदेश नम्बर २ मा अब जनता समाजवादी पार्टी, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस)को गठबन्ध सरकार बनेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु