adv

मूल्यवृद्धि फिर्ता लिन झापाली विद्यार्थी संगठनहरुको माग

दमक, ५ मंसिर ।

दमक चोकमा प्लेकार्ड बोकेर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीहरु ।

सरकाले पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि गरेको भन्दै सो को विरोधमा आइतबार झापाका विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

समाजवादी विद्यार्थी युनियन, क्रान्तिकारी विद्यार्थी संगठन, एकीकृत समाजवादी निकट अनेरास्ववियुलगायत विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेको युनियन झापाका सह–संयोजक सुनिल राईले जानकारी दिए ।

विभिन्न ६ वटा विद्यार्थी संगठनहरुले विज्ञप्ति जारी गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको जानकारी गाराउँदै राईले केन्द्रीय कार्यक्रम अन्तर्गत झापाको दमकमा विरोध प्रदर्शन गरिएका स्पष्ट पारे ।

दमकमा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले सम्बोधन गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई अग्रह गरेका थिए । दैनिक उपभोग्य वस्तुमा समेत चरम मूल्यवृद्धि भएको भन्दै तत्काल नियन्त्रण गर्न उनीहरुले माग गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु