adv

ओलीलाई चुनौती दिँदै रावल, दिने भए अध्यक्ष पदमा उम्मेद्वारी

दमक, ५ मंसिर ।

आइतबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्दै नेता भीम रावल ।

एमाले उपाध्यक्ष भीव रावलले नकेपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

आइतबार दिउँसो रिपोर्टस क्लवमा अयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रावलले मुलुक र पार्टीको आवश्यकतालाई मध्यनजर गरेर पार्टीको १०औं महाधिवेशनमा आफ्नो उम्मेद्वारी अध्यक्ष पदका लागि रहने घोषणा गरेका हुन् ।

रावलले भने –‘राष्ट्रियता स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताका लागि मेरो उम्मेद्वारी हो ।’

यस पटकको अधिवेशनमा एमालेभित्र प्यानल बनाएर महाधिवेशनमा उम्मेद्वारी नदिने सहमति भएको जानकारी गराउँदै उनले एमालेको विचार जनताको बहुदलीय जनवाद रहेको स्मरण गराउँदै जवजले कसैलाई उम्मेद्वार बन्न नरोकने स्पष्ट पारे ।

‘आफ्नो देशको पक्षपोषण गर्नु कसैविरुद्ध अमैत्री हुनु होइन’, भन्दै रावलले नेपालको परराष्ट्र नीतिलाई समानताका आधारमा अघि बढाउन एमाले अध्यक्षका रूपमा आफूले पहल गर्ने बताए ।

पार्टीलाई गुटबन्दीबाट मुक्त गर्ने र सामूहिक छलफलका आधारमा निर्णय गर्ने वातावरण बनाउने भन्दै रावलले एमालेलाई स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म एक नम्बर पार्टी बनाउन अध्यक्ष भएर आफूले भूमिका खेल्ने दावी गरे ।

७० वर्षको उमेरसम्म पार्टी र आन्दोलनलाई नेतृत्व गर्दै अध्यक्ष र प्रधानमन्त्री भएर राष्ट्रलाई योगदान दिइसकेका नेतृत्व भन्दै रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो उम्मेद्वारीप्रति समर्थन गर्न आग्रह समेत गरे ।

मंसिर १० गतेदेखि चितवनमा हुने एमाले १०औं महाधिवेशनका लागि रावलको घोषित उम्मेद्वारी पहिलो भए पनि अध्यक्ष ओली यसअघि नै पार्टीको विधान संशोधन नै गरेर ७० वर्षे उमेर हद राखेर अध्यक्ष पदमा आफ्नो लागि सहज पुनरागमनको तयारी गरिसकेका छन् ।

ओलीले आफूहरुसँग गरेको १० वुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै नेता रावलले विरोध गर्दै आएका छन् । आफ्नो उम्मेद्वारी मिडियास्टन मात्रै नभएर राजनीतिक घोषणा भएको रावलले जिकिर गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु