adv

चौंथो सुन्तला पर्यटन महोत्सव कलकत्तामा हुने


झापा ।
नेपालको पर्यटन प्रवर्दनका लागि भारतको कलकत्तामा चौंथो हिमालय सुन्तला पर्यटन महोत्सव हुने भएको छ ।

नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सवमा नेपालको तर्फबाट २ सय २० जनाको सहभागिता रहने भएको छ । आगामी मङ्सिर २४, २५ र २६ गते भारतको कलकत्तामा हुने महोत्सवमा पर्यटनकर्मी, पत्रकार, कृषक र संस्कृतिकर्मीको सहभागिता रहने एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन सकेको थिएन ।

हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा फल्ने सुन्तला यस महोत्सवका विशेष आकर्षण हुने गरेका छन् । सुन्तलाबाहेक एबोकडो, किबि, अकबरे खुर्सानी, अल्लोको उत्पादन, चुरापोते, आर्ट, पर्यटकीय स्थलका नक्साहरु र हस्तकलाका सामग्री लगायतको समेत प्रदर्शन गरिने एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमका अर्जुन कार्कीले बताए ।

कार्यक्रममा हेन्डिक्राफ्टका साथै संस्कृति झल्किने बालन, संगिनीको समेत प्रदर्शन गरिने छ । जसकारण नेपालको सँस्कृतिलाई विदेशमा देखाउने अवसर रहेन छ । महोत्सवले छिमेकी देशहरुसँग साँस्कृतिक आदानप्रदान गर्ने अवसर जुराएको कार्की बताउँछन् । महोत्सवकै कारण नेपाल आउने पर्यटकहरु बढेको उनको भनाई छ । विशेष गरी ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुर्याउने छ ।

झापाका सामुदायिक बनमा पाइने जडिबुटीसमेत महोत्सवमा प्रदर्शन गरिने छ । कार्यक्रममा नेपाल पर्यटन वोर्डकोसमेत सहभागिता रहने जनाइएको छ । कार्यक्रममा नेपाली पत्रकार र भारतीय पत्रकारको सहभागितामा चेलिबेटी बेचविखन नियन्त्रण, दुई देशबीचको व्यापारिक सम्बन्धका विषयमा छलफल कार्यक्रमको तयसमेत गरिएको छ ।

७ करोड जनसंख्या रहेको पश्चिम बंगालको राजधानी कोलकातामा हुने सो कार्यक्रमको उद्घाटन पश्चिम बंगालका पर्यटनमन्त्रीले उद्घाटन गर्ने छन् । कार्यक्रममा नेपाल, भारत, भुटान, बंगलादेशलगायत मुलुकका महामहिम बाणिज्य दुतको उपस्थिति रहने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु