adv
adv

नेपाली कांग्रेस इलाम क्षेत्र न. २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङगो विजयी

इलाम । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा डिकेन्द्र इधिङगो निर्वाचित भएका छन् । माङसेबुङ गाउँपालिकाका अध्यक्ष समेत रहेका इधिङ्गो कुल ४३२ मत प्राप्त गरि विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित इधिङगोले ४३२ मत प्राप्त गरेका छन् भने उनका निकट्म प्रतिद्वन्दी नुतनदेव दुलालको २९८ मत आएको छ । त्यसैगरी तेस्रो हुने नरेश श्रेष्ठको १८८ मत ल्याएका छन् भने चौथो हुने मनकुमार बुढाथोकीले ७४ मत पाएका छन् ।

सार्वजनिक मत परिणाम अनुसार इलाम क्षेत्र नं. २ मा १ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

त्यसैगरी सचिवमा बविन धनकुमार राई र सुवास घिमीरे निर्वाचित भएका छन् भने सह–सचिवमा अम्बिका चौहान र खोम खतिवडा निर्वाचित भएका छन् ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु