adv

कांग्रेस झापामा देउकुमार थेवे प्यानल विजयी

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला सभापति देउकुमार थेवे सहितकाे प्यानल

विर्तामोड । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला सभापतिमा देउकुमार थेवे विजयी भएका छन् । जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार थेवेले १७ सय ७५ मत प्राप्त गरि विजयी भएका हन् ।

जम्मा खसेको ३ हजार ३ सय ११ मतमा थेवेले १७ सय ७५ मत प्राप्त गरे भने सभापतिका अर्का प्रतिष्पर्दी राम कट्टेलले १५ सय १५ मत प्राप्त गरे । थेवेसँगै संगै उनको प्यानलका सबै उम्मेदवारले पनि विजयी हासिल गरेका छन् ।

थेवे प्यानलकै उपसभापतिमा केशवराज पाण्डेले सर्वाधिक मत उनले १८ सय ८९ मत प्राप्त गरेरविजयी हासिल गरेका छन्। उपसभापति शेरबहादुर भट्टराईले १६ सय ७४ मत प्राप्त गरी विजयी भएका छन्। उपसभापतिका प्रतिस्पर्धी प्रेम सम्वाम्फेले १४ सय १५ र शम्शेर गिरीले १२ सय २१ मत प्राप्त गरेका छन् ।

थेवे पक्षका सचिव पदमा उम्मेदवार नवीन विमलीले १८ सय ३८ र कृष्ण हुमागाईले १६सय ७६ मत प्राप्त गरेर विजयी बनेका छन् । उनिहरुका प्रतिष्पर्दी विश्वदीप लिङदेनले १४सय ३१ र टुमलाल राजवंशीले १३सय २१ मत प्राप्त गरेका गरे ।

उपसचिव पदमा थेवे पक्षकै कालेन्द्रप्रसाद राजवंशीले १७ सय ६५ र कमलप्रसाद भण्डारीले १६ सय ६० मत प्रातगरी विजयी बनेका छन् । उनिहरुका प्रतिष्पर्दी उमाराम प्रसाईले १३ सय ३७ र पदम लिम्बुले १३ सय ४७ मत प्राप्त गरेर उपविजेता बनेका छन् । कोषाध्यक्ष पद भने मनोनित गर्ने विधान रहेको बताईएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु