नेकपा (एस)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको गृहनगरमा कार्यक्रम गर्दा कोही कोहीलाई चिट चिट पसिना आएको भन्दै ब्यङ्ग्य गर्नुभएको छ । नेकपा (एस) समर्थित नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ समितीले झापाको दमकमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताउनुभएको हो ।
नेकपा (एस) वि.स. २००६ सालमा पुष्पलालले स्थापना गरेको कम्युष्टि पार्टीको नै निरन्तरता रहेको पनि उहाँले दावी गर्नुभयो । २०१४ सालमा केशरजंग रायमाझीले कम्युनिष्ट आन्दोलनलाई मास्न खोज्दा पुष्पलालले विद्रोह गरेजसरी अहिले केपी ओलीलले एमालेलाई कब्जा गरेर दक्षिणपन्थी दिशमा लौजान खोज्दा आफुहरुले विद्रोह गर्नुपरेको पनि अध्यक्ष नेपालले बताउनुभयो । २०३४ सालमा सिपी मैनाली र आफुले जन्माएको कोआर्डीनेसन केन्द्र (कोके)लाई २०४७ सालमा एमाले बनाउदै अहिलेको नेकपा एमालेसम्म बनाएर ल्याईपुर्याएको तर दक्षिणपन्थी, व्यक्तिवादीको हातमा पार्टी गएपछि आफुहरु बाध्य भएर विद्रोह गरेको उहाँले बताउँनुभयो ।
यस्तै अर्को प्रसङ्गमा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकाशमा आफु सधै लागि नै रहेको पनि बताउनुभयो । नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष केशवकुमार विष्ट राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव हुँदा योग सम्वन्धी खेललाई अन्तराष्ट्रिय खेलको मान्यता दिलाएको भन्दै उहाँले विष्टको प्रसंसा गर्नुभयो ।