adv
adv

लेडी जेसीजको आयोजनामा “महिला हिंसाको वर्तमान अवस्था र कानूनी शिक्षा” विषयक अन्तकृया कार्यक्रम सम्पन्न

महिला हिँसा बिरुद्दको १६ दिने अभियान अन्तर्गत सहभागीहरू

विर्तामोड । वीरता लेडी जेसीजको आयोजनामा “महिला हिंसाको वर्तमान अवस्था र कानूनी शिक्षा” विषयक अन्तकृया कार्यक्रम सम्पन्न भएको छ।

महिला हिँसा बिरुद्दको १६ दिने अभियान अन्तर्गत झापा बिर्तामोड वार्ड नं १० का टोल विकासका महिला सदस्यहरूको सहभागितामा अन्तरक्रिया भएको थियो।

अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यलय बिर्तामोड का प्रहरी निरीक्षक हरी बराल ले महिला हिंसाको वर्तमान अवस्था कस्तो छ?कस्ता प्रकृती का घटना हरु प्रहरी समक्ष आई पुग्छन् ? प्रहरीले कति सम्म सहजिकरण गर्न सक्छ भन्ने विषयमा जानकारी गराए।यस्तै अधिवक्ता कविता शर्माले महिला हिंसा भएमा कहा कसरी कानुन सम्म पुग्ने ? कानूनी प्रावधान हरु के के छन् भन्ने विषयमा जानकारी गराए ।

वार्ड नं १० को वडा कार्यालयमा भएको कार्यक्रममा २६ वटा टोल विकासबाट करिब ५० जनाको सहभागिता रहेको थियो।

             अभियानमा सहभागी महिला सदस्यहरू

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वार्ड नं १० का वडाध्यक्ष दुर्योधन गुरुङले वीरता लेडी जेसीज ले महिला सशक्तीकरणका लागि गरेका कार्यहरूको प्रसंशा गर्नुभयो साथै महिला हिंसा बिरुद्दको कानूनी साक्षरता कार्यक्रम गाउँ केन्द्रित गरेकोमा धन्यवाद जिएकी थिइन्।

संयोजक दीपा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा आस्था रोजिना पाण्डे र संचालन महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु