adv

किराया बेलायतको आठौं अधिवेशन सम्पन्न: अध्यक्षमा चन्द्रबहादुर राई

लण्डन किरात राई यायोक्खा (किराया) बेलायतको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। शनिबार बेलायतकोवकिङस्थित किरात राई हाउसमा सम्पन्न अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको  

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन सुमन चन्द्र राई, जितेन्द्र साम्पाङ राई, मेजर दिल कुमार राई, निलम राई अनिता राईछन् त्यसैगरी, महासचिवमा चन्द्रवती राई एवम् उपमहासचिवहरुमा प्रमिला लाबुङ राई विनोद राई निर्वाचित भएका छन्। सचिवहरुमारोजी राई, गंगाराज राई, गणेश चन्द्र राई,जय राई, सुमित्रा राई तथा कोषाध्यक्षमा धनराज राई सहकोषाध्यक्षहरुमा सावित्रा राई डा. महा राई निर्वाचित भएका छन्।

निर्वाचित केन्द्रीय सदस्यहरुमा राजेन्द्र राई, ध्यान बहादुर राई, देवराज राई, भिम राई, खिलेन्द्र राई, धन राई, मिलनचन्द्र राई, रन्जना राई, डिल्लिकेशर राई, प्रदिप राई, सप्तराज राई, डिल्लिराम राई, मन कुमार राई, सन्देश राई, तिलक राई, उमा राई, प्रेम राई, जय प्रकाश राई(),जय प्रकाश राई (बि) दिलिप राई छन्।

निर्वाचित समितिका प्रमुख पदम राईबिइएमले निर्विरोध नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाईशपथ ग्रहण गराएका थिए। संस्थाका पूर्व अध्यक्ष समेत रहेका राईको नेतृत्वमा रहेको निर्वाचन समितिमा युद्धराज राईले उपप्रमुख रामचन्द्र राई सचिवका रुपमा भूमिका निर्वाह गरेका थिए।

नव निर्वाचित कार्यसमितिमा बहुभाषिक किरात राई जातिको बाह्र भाषिक थरगत संस्था अथवा समुदाय (चाम्लिङ, साम्पाङ,बान्तवा, कुलुङ,थुलुङ,दुमि,पुमा, नाछिरिङ, बाहिङबायुङ,कोयुकोयी,मेवाहाङ लुङ्खिम) को प्रतिनिधित्व छ। नवनिर्वाचित कूल ३७पदाधिकारीमध्ये जना महिला छन्। 

यसअघि आठौं महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले गरेका थिए भने ८३ वर्षीय अभिभावकलवजीज राई प्रमुख अतिथि थिए। किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उपमहासचिव तथा अनुशासन विभाग प्रमुखशुभचन्द्र राई किरात राई विधार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्र राई विशेष अतिथिको रुपमा सहभागी थिए।अधिवेशनमा किरात राई यायोक्खा बेलायतका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम राई बिइएमसहित बेलायतवासी किरातराईहरुको उल्लेख्य उपस्थिति थियो।

त्यस अवसरमा उपाध्यक्ष मेजर दिलकुमार राईले स्वास्थ्य एवं सुरक्षासम्बन्धि जानकारी गराएका थिए भने अर्का उपाध्यक्ष क्याप्टेनसुमनचन्द्र राईले स्वागत मन्तव्य राखेका थिए। शुभकामना मन्तव्य राख्ने क्रममा विशेष अतिथिहरुले संस्थाको तत्कालीन कार्यसमितिमाआवद्ध पदाधिकारीहरुको संस्था तथा समुदायप्रतिको माया, जवाफदेहिता इमान्दारिताबाट प्रभावित पारेको भन्दै बेलायतबासी किरातराईहरु मिलेरै अघि बढ्नु पर्नेमा जोड दिएका थिए।

सभाध्यक्ष चन्द्रबहादुर राईले पनि बेलायतवासी किरात राईहरुको मिलेर अघि बढ्ने चाहनालाई उच्च सम्मानसहित अघि बढ्ने प्रतिवद्धतागरेका थिए   महाधिवेशनको बन्द सत्रमा किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको सांगठानिक प्रतिवेदन महासचिवचन्द्रवती राई सहकोषाध्यक्ष डा. महा राईले आयव्यय  विवरण पेश गरेका थिए भने संस्थाको विधान परिमार्जन समितिका संयोजकउपाध्यक्ष जितेन्द्र साम्पाङ राईले परिमार्जित विधान प्रस्तुत गरेका थिए। प्रस्तुत सबै प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुबीच छलफल गरीपारित गरिएको थियो।

बन्दसत्रको अन्तमा किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्षले कार्यसमिति विघटन भएको घोषणा गर्दैअध्यक्ष मण्डलका अध्यक्ष नाक्छुङ कितावसेर राई निर्वाचन समितिका प्रमुख पदम राई बिइएमलाई संस्थाको सम्पूर्ण जिम्मेवारीहस्तान्तरण गरिएको घोषणा गरेका थिए। दुवै सत्रका औपचारिक कार्यक्रमहरु संस्थाका महासचिव चन्द्रवती राई उपमहासचिवप्रमिला लाबुङ राईले संयुक्त रुपमा सञ्चालन गरेका थिए। 

महाधिवेशनपछि जारी १७ बुंदे घोषणापत्रमा बेलायतमा रहेका सबै किरात राई भाषिक थरगत समुदायलाई संस्थागत रुपमै आवद्ध गर्दैलगिने, किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिलाई सचिवालय भाषिक संघीय परिषदको दुई तह संरचना अभ्यास गर्दैलैजाने उल्लेख छ।

साथै,बेलायतबासी किरात राई जातिको एकतालाई घोषणापत्रमा प्रमुखताका साथ उठाइएको छ। जसलाई नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर राईले आफ्नो प्रतिवद्धता मन्तव्यमा समेत दोहोर्‍याएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु