adv

शिवसताक्षीमा चासोक तङ्नाम मनाइने

शिवसताक्षी । झापाको शिवसताक्षीमा किरात लिम्बु समुदायको महान पर्व (उधौली) चासोक तङ्नाम धुमधामका साथ मनाइने भएको छ ।

आयोजक समितिले बिहिबार किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस ४ गते शिवसताक्षी–११ मा अवस्थित दुधे रंगशालामा चासोक तङ्नाम मनाइने जानकारी दिएको हो ।

दुधेमा स्थापित होटल चाङमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष विरबल जबेगुले चासोकलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरिनुपर्ने बताउँदै कार्यक्रमहरुका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो । हरेक वर्ष २ दिने मनाइने चासोक यस पटक भने १ दिन मात्र मनाउन लागिएको आयोजकका सचिव प्रेम सेर्माले बताउनुभयो ।

नेपालको अरुण पूर्व ९ जिल्लामा बसोबास गर्ने लिम्बु जातिको मौलिक चाडपर्वहरु मध्ये चासोक तङ्नाम एक प्रमुख चाड हो । चासोक तङ्नाम हरेक वर्षको मंसिर पूर्णिमामा मनाइने गरिन्छ ।

कार्यक्रममा लिम्बु जातिका मौलिक तथा साँस्कृतिक च्याब्रङ नाच प्रस्तुत गरिनेछ भने धान नाच मेला, छेलो र धनुषवाच प्रतियोगिता हुनेछ । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार सेर्माको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ख्यातिप्राप्त गायिका मेलिना राईको विशेष प्रस्तुति रहनेछ भने एक जना चल्तीका कमेडियन कलाकार ल्याउने कार्यमा आयोजक लागिपरेको बताइएको छ ।
चासोकलाई धुमधामका साथ सम्पन्न गर्न अनुमानित १० लाख खर्च हुने अध्यक्ष जवेगुले जानकारी गराउनुभयो । उक्त रकम देश तथा विदेशमा रहनुभएका सहयोगी मन भएका व्यक्तिहरुबाट सहयोग र नगरपालिकाबाट आशा राखेको आयोजकले जनाएको छ ।

भव्य र सभ्य रुपमा चासोक मनाउन विभिन्न समितिहरु गठन गरिएको छ । जसअन्तर्गत संयोजकहरु आर्थिक समितिमा श्री सूर्य योङ्या , प्रचार प्रसार समितिमा सन्तोष थोप्रा, केलाङ विभागमा श्री डिल्ली फेम्बु, संयमसेवक विभागमा अभिषेक केदेम, कलाकार विभागमा सन्तोष थोप्रा, महिला व्यवस्थापन विभागमा पार्वता शेलिङ, प्रसाद वितरण विभागमा कमला आङ्देम्बे / शोभा लिम्बु, मञ्च सजिसजावटमा अमर लिम्बु, स्टल र लाइटिङमा सोमिल राई लगायत १९ वटा उपसमिति रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु