काठमाडौं : उधौली चाड सुरु भएकै दिन आइतबार सचित राईको ‘साकेला नाच्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार सचित राईको शब्द रहेको गीतमा थिरज राईले संगीत भरेका छन्। राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन्।
यो गीतको भिडियोमा कलाकारहरू दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई, श्याम राई, अनुषा राई, एलिसराई, सीता राई र विशाल राईले अभिनय गरेका छन्। यसको निर्देशन विल्सनविक्रम राईले गरेका हुन्।
यसमा कमल राईको कोरियोग्राफी छ। यो गीतको म्युजिक भिडियो तक्मेबुढा डटकमबाट सार्वजनिक गरिएको छ।