दमक, १३ पुष ।

नेपाली काङ्ग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूलाई काङ्ग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस यूनियन माई पश्चिम क्षेत्रीय समितिले मंगरबार सम्मान गरेको छ ।
नेतृ लिम्बूको निवासमै पुगेर यूनियनले उनलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरेको हो ।
कांग्रेसको हालै सम्पन्न १४ औ महाधिबेशनबाट माई पश्चिम क्षेत्रबाट लिम्बू पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । दमक ९ निवासी लिम्बू प्रतिनिधिसभा सदस्यसमेत हुन् ।
यूनियनका क्षेत्रीय अध्यक्ष बिष्णु सुब्बाका अनुसार मंगलबार सोही कार्यक्रमका बीच यूनियनका सदस्य आत्माराम राजवंशीलाई काङ्ग्रेसको प्रदेशसभा (क) को उपसभापति पदमा निर्वाचित भएकोमा बधाई शुभकामनासहित सम्मान गरिएको छ ।
कार्यक्रममा सम्मानित लिम्बू, पूर्वसन्देश दैनिकका सम्पादक गन्जबहादुर दाहाल, काङ्ग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नेपाल पत्रकार महासंघका प्रदेश नम्बर १ समितिका कोषाध्यक्ष बिम लामिछानेले बोलेका थिए ।
यूनियनका जिल्ला सदस्य विष्णु पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम यूनियनका जिल्ला उपाध्यक्ष गिरिराज भट्टराईले सञ्चालन गरेका थिए ।