adv

फोनिज ताप्लेजुङमा पुनः दिनेश

दमक, १३ पुष ।

फोनिज ताप्लेजुङको नवनिर्वाचित जिल्ला समिति ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ताप्लेजुङको छैटौं अधिवेशनबाट दिनेश लिङखिम पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यषमा क्रमशः तेन्जिङ शेर्पा, कृष्ण फुरुम्बो, मनमाया माबो र दिलकुमार लिम्बूलाई चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा क्रमशः टिका यक्सो, सूर्य गुरुङ, उदय खुदाङ, प्रकृति गुरुङ, बिनु तामाङ र बीरेन्द्र राईसमेत सर्वसम्मत चयन गरेको प्रदेश प्रतिनिधि सन्देश सुब्बाले जानकारी दिए ।

अधिवेशनबाट प्रदेश प्रतिनिधिहरुमा क्रमशः बसन्त पालुङ्वा, गंगा लिङ्खिम, राजकुमार गुरुङ, ङिमा शेर्पा र जीतेन चेम्जोङलाई चयन गरेको हो ।

त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा क्रमशः अम्बिका हाङवाङ, देवराज गुरुङ, केशव लामा र अमृता थलङ निर्वाचित भएका हुन् ।

कार्यक्रम फोनिज सङ्घीय समिति सदस्य विजयवोध लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सङ्घीय समिति सदस्य चन्द्र पन्धाक प्रयास, सङ्घीय अनुशासन समिति सदस्य एवम नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ की सदस्य माला पालुङ्वालगायतको आतिथ्यता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु