adv

दमकमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

दमक ,१४ पुष । झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना युवाको मृत्यु भएको छ ।

मंगलबार राति साढे १० बजे दमक–२ भाङबारीमा प्र–१–०२–०४३–प ६९२६ को मोटरसाइकल अनियन्त्रित भइ सडक किनारको रुखमा ठोक्किँदा त्यसमा सवार तीन जना युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार खोटाङ चिसापानी– ४ का २३ वर्षीय अमित विक, चितवन राप्ती–४ का १९ वर्षीय किसन विक र ताप्लेजुङ भुइँखोला–३ का १९ वर्षी अनिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

घटनाका बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु