adv

आदिवासी जनजातीहरुका लागि जलबायु परिवर्तन सम्वन्धी राष्ट्रिय तालिम पोखरामा आजदेखि सुरु

पोखरा । जलवायु परिवर्तनले आदीवासी जनजातीमा पारेको प्रभाव बारे ३ दिने कार्यक्रम कास्की जिल्लाको पोखरामा आज बाट सुरु भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा आदीवासी जनजाती समुदायका विभिन्न संघ संस्थामा आबद्धका तथा संचारकर्मी गरि ३२ जना सहभागि कार्यक्रम पोखराको होटल ल्याण्डमार्कमा सञ्चालन भइरहेको हो।

जलवायु परिवर्तनले आदीवासी जनजातीमा परेको प्रभाव, असर, न्यूनीकरण र राज्यले हेर्ने दृष्टिकोण लगायत विषयमा सहभागीहरुलाई जानकारी गराउने उद्देश्य रहेको जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्ट्रिय संयोजक टुंगा राइले जानकारी दिए।

यस्तै कार्यक्रममा सहभागीहरुलाई जैविक विविधता, जलवायु परिवर्तन र मरुभूमिकरणका बारेमा जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सहजकर्ता, धनमान गुरुङ, युगानमानन्धर, यलम्बर राई लगाएतले सहजीकरण गरिरहेकाछन्।

कार्यक्रम पुष १६ गते सम्पन्न हुने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु