
पोखरा । चर्चित र्यापर लाउरे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको हो । लाउरे भनेर चिनिने उनको वास्तविक नामभने आशिष राना मगर हो ।
पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालयरोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ । रातोपाटि

