काठमाण्डौ १५, पुष ।

विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्डको फाइनल प्रतियोगिता फाइनल शनिबार हुँदैछ । प्रतियोगिताबाट वाईवाई मिसेस नेपाल वल्र्ड २०२१ घोषणा हुनेछ ।
राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने सो सौन्दर्य प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।
रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा हुने प्रतियोगितामा मिसेस नेपाल इंटरनेसनल र एमएस इंटरनेसनल उपाधि विजेताको पनि घोषणा गरिने आयेजकको भनाइ छ ।
त्यस्तै मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप, मिसेस नेपाल वर्ल्ड सेकेण्ड रनर्सअप, मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप, बेस्ट स्माइल, वेस्ट हेयर, वेस्ट र्याम्पवर्क, लेडी विथ कम्प्यासन, मस्ट इंन्टलिजेन्ट, मस्ट डिसिप्लेन्ड, कन्जीनियालिटी, मस्ट फोटोजेनिक, वेस्ट पर्सनालिटी, पब्लिक च्वाइस अवार्ड, भ्यूअर्स च्वाइस, मस्ट व्युटिफल, मस्ट ट्यालेन्टेड, मिसेस टुरिजम एम्बेस्डर, मस्ट कन्फिडेन्ट, मस्ट क्रियटिभ, मिसेस बोल्ड र म्यानेजमेन्ट च्वाइस अवार्ड उपउपाधिमा समेत विजेता घोषित हुने छन् ।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा हुने कार्यक्रममा ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई क्राउन लगाएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिने अध्यक्ष निशुकान्त झाले जानकारी दिए ।
नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसाराण हुने प्रतियोगिताको अन्तिम चरणमा रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानिया, जयन्ती राई, बिनिता कूइँकेल, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ तामाङ, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सृजना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की, माला सुनार र उषा रजक वाईवाई मिसेस नेपाल वल्र्डमा अन्तिम स्पर्धा गर्दैछन् ।