काठमाडौं, १६ पुष ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निर्वाचन आयोगमा नविकरण भएको छ ।
गत मंसिर २६ र २७ गते तेस्रो महाधिवेशन सम्पन्न गरेको मञ्चले शुक्रबार आयोगमा पार्टी नवीरकण गरेको हो ।
महाधिवेशनबाट निर्वाचित कार्य समिति र संसोधित विधान सहित पार्टी नविकरण कार्य सम्पन्न गरिएको महासचिव अशोक चेम्जोङले जानकारी दिएका छन् ।
महाधिवेशनले विधान संशोधनमार्फत मञ्चको संघीय कार्य समितिपछि प्रान्तीय मञ्चलाई शक्तिशाली बनाइको चेम्जोङको भनाइ छ । प्रदेशहरुमा हाल समन्वय परिषद् गठन गरिएको उनले बताए ।
पार्टीका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चको विभिन्न प्रान्तीय नेताहरूको उपस्थितिमा आयोगमा पार्टी नवीकरण गराइएको अर्का महासचिव शान्ता योङहाङले जानकारी दिएकी छन् ।
निर्वाचन आयोगमा ३३ प्रतिशत महिला अनिवार्य समावेश भएको समितिको नामावली बुझाउनु पर्ने प्रावधान रहे पनि थोरै संख्यामा मात्रै महिलाहरुले उम्मेद्वारी दिएका कारण प्राविधिक समस्या भएको योङहाङको भनाइ छ ।
शुक्रबार ४४ सदस्यीय पदाधिकारीसहित नवनिर्वाचिनत कार्य समितिको नामावाली बुझाइएको मञ्चले जनाएको छ । मञ्चको विधानमा २ सय ९९ सदस्यीय संघीय समिति रहने उल्लेख छ ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भाग लिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २०७० को दोस्रो संविधासभा निर्वाचन भने वहिस्कार गरेको थियो ।
मुलुकलाई पूर्ण संघीय ढाँचामा लैजान १०+१ प्रान्तीय संरचना बन्नुपर्नेमा जोड दिँदै आएको मञ्चको हाल प्रदेश नम्बर १ का एक जना प्रदेश सभा सदस्य रहेको छ । मञ्चको तर्फबाट प्रदेश १ गठबन्धन सरकारमा विष्णु तुम्बाहाङ्फे समाजिक विकास राज्यमन्त्री छिन् ।