adv

जनमुक्तिको धनकुटा जिल्ला समिति नै जसपामा समाहित !

धनकुटा, १६ पुष ।

जसपा धनकुटाले आयोजना गरेको शुक्रबारको कार्यक्रमलाई सम्बोधन गर्दै नेता चेम्जोङ ।

राष्ट्रिय जनमुक्ति पार्टीको धनकुटा जिल्ला कार्य समिति जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समाहित भएको छ ।

शुक्रबार धनकुटामा आयोजित एक समारोहका बीच जनमुक्ति पार्टीका धनकुटा जिल्ला अध्यक्ष शन्तवीर लामा नेतृत्वको जिल्ला कार्य समिति नै जसपामा समाहित भएको हो ।

लामासहितका नेता कार्यकर्तालाई जसपामा स्वागत गर्न पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मन्त्री एवम् पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङलगायत नेताहरु धनकुटा पुगेका थिए ।

कार्यक्रमपछि आफ्नो फेसबुक पेजमा नेता चेम्जोङले सो बारे उल्लेख गरेका छन् । धनकुटावासीमाझ नेता चेम्जोङ विकासप्रेमी नेताका रूपमा परिचित छन् ।

जसपामा सिङ्गो जिल्ला समिति नै समाहित भएपछि हरप्रहर न्यूजले लिएको प्रतिक्रियामा अध्यक्ष लामाले समान लक्ष्य र उद्देश्य बोकेका राजनीतिक दल र कार्यकर्ताले एउटै मूल प्रवाहमा समाहित हुनुपर्ने प्रतिक्रिया दिए । उनले भने –‘पहिचान पक्षधरहरुको गोलबन्द हुने क्रम धनकुटाबाट सुरु भएको छ ।’

जसपा धनकुटाका अध्यक्ष बलबहादुर राईले जनमुक्तिको जिल्ला समिति समाहित भएको घटनाले पार्टीका नेता कार्यकर्तामा थप उर्जा र उत्साहको सञ्चार भएको प्रतिक्रिया दिए । समाहित नेता कार्यकर्ताहरुलाई पार्टीले उपयुक्त जिम्मेवारी दिएर सम्मान गर्ने उनको भनाइ छ ।

जसपामा जिल्ला समितिसहित समाहित जनमुक्ति पार्टीका धनकुटा जिल्ला अध्यक्ष लामा ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु