adv

आयोगले थाल्यो राष्ट्रिय सभा सदस्य निर्वाचनको काम

काठमाडौं, १७ पुष ।


राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक प्रक्रिया थालेको छ ।

आगमी फागुन २० गतेबाट कार्यकाल सकिन लागेका २० जना राष्ट्रिय सभा सदस्यहरुको रिक्त स्थानमा निर्वाचन गरी परिपूर्ति गर्न अयोगले शनिबारदेखि निर्वाचन प्रक्रिया थालेको हो ।

१९ जना सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ । थप एक सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले यसअघि पुष ५ गते नै विभिन्न जिल्ला अदालतमा कार्यरत न्यायधीशहरुलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिसकेको छ । जस अन्तर्गत प्रदेश नम्बर १ को लागि भरत लम्साल (मोरङ जिल्ला अदालत), प्रदेश नम्बर २ मा ब्रजेश प्याकुरेल (धनुषा जिल्ला अदालत), बागमती प्रदेशमा डिल्लीरत्न श्रेष्ठ (मकवानपुर जिल्ला अदालत), गण्डकी प्रदेशमा श्रीकृष्ण भट्टराई (कास्की जिल्ला अदालत), लुम्बिनी प्रदेशमा रीतेन्द्र थापा (दाङ जिल्ला अदालत), कणाली प्रदेशमा डा. राजेन्द्रकुमार आचार्य (सुर्खेत जिल्ला अदालत) र सुदुपश्चिम प्रदेशमा जयानन्द पनेरु (कैलाली जिल्ला अदालत) छन् ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगको भनाइ छ । राष्ट्रिय सभा निर्वाचनमा सम्बन्धित प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका उम्मेद्वारलाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप–प्रमुखसहित सम्बन्धित प्रदेश सभाका सदस्यहरुले मतदान गर्नेछन् ।

मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनमा सहभागी हुने विभिन्न १२ वटा राजनीतिक दलले आयोगमा दर्ता गराएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने अयाोगले जनाएको छ ।

आगामी फागुन २० गते एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादीका ४ र राष्ट्रपतिबाट मनोनित १ जनाको कार्यकाल पूरा हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु