adv

माओवादी केन्द्रको विधान संशोधनसहित पारित

१५ सदस्यीय पदाधिकारीको व्यवस्था हुने

काठमाडौं, १७ पुष ।

माओवादी केन्द्रको आठौं महाधिवेशनका सहभागीले भरिएको कमलादीस्थित प्रज्ञा भवनको सभाहल ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी विधान अनुमोदन भएको छ ।

महाधिवेशन सुरु हुँदैगर्दा बसेको अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा लामो छलफलपछि परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रले पारित गरेको हो ।

संशोधित विधानअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २ सय ९९ सदस्यीय बन्ने छ । केन्द्रीय समितिमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २ र सचिव ३ हुनेछन् भने कोषाध्यक्ष १ गरी १५ जना पदाधिकारी रहने छन् ।

पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी आधारमा निर्वाचित गरिने बताइएको छ । केन्द्रीय समितिमा १५ प्रतिशत सदस्य मनोनीत गरिने संशोधित विधानमा व्यवस्था छ ।

विधान मस्यौदा पारित भएलगत्तै जारी बन्दसत्रस्थल छैटौं दिन कमलादीस्थित प्रज्ञा भवनमै पार्टीको स्थायी कमिटी बैठक बसेको छ । बैठकपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ पार्टीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु