दमक, १८ पुष ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को जनवर्गीय संगठन समाजवादी युवा संघको प्रदेश नमम्बर १ समिति पुनर्गठन भएको छ ।
शनिबार जसपा प्रदेश १ पार्टी कार्यालय इटहरीको सभाहलमा आयोजित युवाको प्रादेशिक भेलाले समिति पुनर्गठन गरेको हो ।
नवगठित ६१ सदस्यीय समितिको अध्यक्षमा श्री सुब्बा पुनः दोहोरिएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष टाइसन केरुङ, उपाध्यक्षहरुमा सुशीलकुमार यादव, दिपककुमार तामाङ, रमेश तुइया, विपिन नेपाल, कृष्ण कट्टेल र अरबिन्द राई छन् ।
संघको मुख्य सचिवमा पवन बिष्ट पुनः दोहोरिएका हुन् भने सचिवहरुमा क्रमशः निशान राई, हरिन्द्रप्रसाद लिम्बू, भीम लिम्बू, गुञ्जमान माझी र कोषाध्यक्ष डावाङ नुरी शेर्पा चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै जसपा प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले प्रदेशभर युवाले संगठन निर्माणमा अग्रसरता लिन सके मात्रै जसपाका राजनीतिक विचार र कार्यक्रम जनमानसमा पुर्याउन सहज हुने धारणा राखेका थिए ।
प्रमुख अतिथिको हैसियतबाट बोल्दै चाम्लिङले पार्टीको अभिन्न अङ्गका रूपमा जनवर्गीय संगठनहरु रहने भन्दै युवा पुस्ताले देश र समाज रूपान्तणको निम्ति मत्वपूर्ण योगदान गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष एवम् प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले नवगठित युवा समितिको नामावली घोषणा गरेका थिए ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम् सुकुमबासी इन्चार्ज दिपक मेन्याङ्बो, प्रदेश समितिका उपाध्यक्ष उमेश थापा, राजकुमार यादवलगायत नेताहरुको सहभागिता रहेको थियो ।