दमक, २० पुष ।
प्रदेश नम्बर १ बाट निर्वाचित हुने ३ राष्ट्रिय सभा सदस्य पदका लागि ८ जनाले मनोनयन दर्ता भएको छ ।
सत्ता गठबन्धन दल, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ८ जना उम्मेद्वारहरुले मनोनयन गरेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।
गठबन्धन तर्फबाट खुलातर्फ काँग्रेसका गोपाल बस्नेत, महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता भएका वा अल्पसंख्यकतर्फ जनता समाजवादीका हेमराज राईले उम्मेदवारी दर्ता गराएका हुन् । राई पूर्व मन्त्री समेत हुन् ।
एमालेबाट भने खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अपाङ्गता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
.राप्रपाबाट खुलातर्फ अमर विष्ट र महिलामा रञ्जु प्याकुरेलको उम्मेद्वारी परेको आयोगले जनाएको छ ।
चार वर्षे कार्यावधि पूरा भई फागुन २० बाट रिक्त हुने राष्ट्रिय सभाका देशैभर १९ सदस्य पदका लागि र पदेश १ मा ३ सदस्य पदका लागि माघ १२ गते निर्वाचन हुनेछ ।