adv

कोरोना बढेसँगै २५ जना बन्दा बढी जम्मा नहुन सीसीएमसीसीको आदेश

दमक, २५ पुष ।

भिडभाड काठमाडौं । फाइल फोटो ।

नेपालमा कोरोना संक्रमण बढेसँगै अब सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ ।

सीसीएमसीसीको बैठकले आइतबार नै माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णयसमेत गरेको छ ।

सार्वजनिक स्थलमा हुने राजनीतिक कार्यक्रम, धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक र सोही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु