adv

फोनिज महाधिवेशन सर्यो, फागुन ७ र ८ मा सम्पन्न हुने

दमक, ३० पुष ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन मुलुकमा बढ्दो कोरोना संक्रमणका कारण सर्ने भएको छ ।

फोनिज संघीय सचिवालयको बिहीबारको बैठकले आगामी माघ ७ र ८ गतेका लागि चितवनको सौराहामा सम्पन्न गर्ने भनिएको महाधिवेशन फागुन ७ र ८ गतेका लागि सारिएको हो ।

फोनिज महासचिव मनोज घर्तीमगरले शुक्रबार जारी गरेको विज्ञप्तिमा महाधिवेशनको मिति परिवर्तन गरी फागुन ७ र ८ गते गर्ने उल्लेख छ ।

फोनिज संघीय समितिले महाधिवेशन सम्पन्न गर्न कार्य विभाजनसहित तयारी गरिरहेको बेला कोराना संक्रमण बढेसँगै नेपाल सरकारले २५ जना भन्दा बढी जमघट गर्न नमिल्ने निर्देशन जारी गरेको कारण महाधिवेशन सरेको बताइएको छ ।

फोनिज सातौं संघीय महाधिवेशनमा देशभरबाट ४ सय २५ जना भन्दा बढी प्रतिनिधि चितवनको सौराहामा सहभागी हुने कार्यक्रम थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु