adv

प्रदेश २ बन्यो ‘मधेस प्रदेश’

दमक, ३ माघ ।

जनकपुरस्थित प्रदेश नम्बर २ को प्रदेश सभा भवन ।

प्रदेश नम्बर २ ले स्थायी नाम पाएको छ ‘मधेस प्रदेश’ ।

सोमबार प्रदेश नम्बर २ को प्रद्येश सभा बैठकमा सम्पन्न मतदानले प्रदेशको नाम मधेस प्रदेश राख्ने निर्णय गरेको हो । मधेस प्रदेशको पक्षमा ८० मत प्राप्त भएको थियो ।

सामेबारको प्रदेश सभा बैठकमा प्रदेश २ को नामाकरण र स्थायी राजधानी बारे टुङ्गो लगाउन मतदान कार्यक्रम राखिएको थियो । मतदान प्रीक्रयामा ९९ जना प्रदेश सभा सदस्यहरु सहभागी थिए ।

प्रदेश २ को प्रदेश सभाले सोमबार नै प्रदेशको स्थायी राजधानी जनकपुर रहने समेत निर्णय गरेको छ ।

‘मधेस प्रदेश’ राख्ने विषयमा फरक मत राख्दै आएको काँग्रेसले पनि नामाकरणमा सहमति जनाएसँगै प्रदेश नम्बर २ ले आन्दोलनकारी शक्तिहरुले राख्न चाहेको पहिचानमा आधारित नामाकरण पाएको हो ।

यसअघि सत्ता गठबन्धन नेतृत्वको जसपा, माओवादी केन्द्रल, प्रतिपक्षी लोसपाले समेत प्रदेशको नाम ‘मधेस’ नै हुनुपर्ने मत राख्दै आएका थिए ।

प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) ३९, नेपाली काँग्रेस १९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १६, नेकपा एकीकृत समाजवादी (एस) १३, नेकपा एमाले ८, नेकपा माओवादी केन्द्र ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना प्रदेशसभा सदस्य रहेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु