adv

मधेस प्रदेश कायम भएकोमा जसपा प्रदेश १ बाट बधाइ र धन्यवाद ज्ञापन

दमक, ३ माघ ।

जनता समाजवादी पार्टीको झण्डा ।

प्रदेश नम्बर २ को नाम मधेस प्रदेश कायम भएको भन्दै जनता समाजवादी पार्टी नेपाल, प्रदेश नम्बर १ ले बधाइसहित धन्यवाद ज्ञापन गरेको छ ।

सोमबार साँझ जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति जारी गरेर मधेस प्रदेश कायम भएकोमा प्रदेश नम्बर २ को प्रदेश सभा, प्रदेश सरकार, राजनीतिक दल र नागरिक समाजलगायतलाई बधाइ दिँदै धन्यवाद व्यक्त गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ –‘प्रदेश सभामा लामो छलफल र वहसपछि मिति २०७८ माघ ३ गते तमाम मधेसी जनताको बलिदानी, संघर्ष, त्याग र मधेस विद्रोहको महानतम् उपलब्धि र नाशोका रूपमा ‘मधेस प्रदेश’ घोषणा भएको छ । स्वाभाविक रूपले एकात्मक र केन्द्रीकृत शासनको अभ्यास गरिरहेको नेपालको पुरातनवादी राज्यसत्ताका लागि यो निक्कै दर्दनाक पीडाको विषय हुन सक्दछ, तर उत्पीडित नेपाली जनताका निम्ति सङ्घीयताको जननी मधेस भूमिले प्राप्त गरेका यो राजनीतिक सफलता र उपलब्धि उल्लास र हर्षको असामान्य परिघटना हो ।’

मधेस प्रदेशको नामाङ्कनले पहिचान र सङ्घीयताको आन्दोलन गन्तव्य सम्मुख पुगेको महसुस गरेको भन्दै विज्ञप्तिमा मधेस प्रदेश घोषणा हुनुले पहिचान, सङ्घीयता, आत्मसम्मान र अपनत्वको आन्दोलन सफल भएको उल्लेख गरिएको छ ।

पछिल्लो विकसित यस राजनीतिक घटनाक्रमले सिङ्गो नेपाली राजनीति तरङ्गित बनेको भन्दै विज्ञप्तिमा यस घटनाबाट प्रदेश नम्बर १ ले पनि पाठ सिक्नु पर्ने भन्दै प्रदेश १ को नाम पहिचान र सामथ्र्यका आधारमा मुख्य राष्ट्रियताहरु किरात, लिम्बुवान, शेर्पालुङ र मधेसलाई समेटेर राखिनुपर्नेमा जसपा प्रदेश १ ले जोड दिएको छ ।

विज्ञप्ति जस्ताको त्यस्तै :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु