काठमाण्डौ । भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा निधन भएको छ ।
एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज भएका थिए । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उनलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।
बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित छन्। बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका “आइ एम अ डिस्को डान्सरु,”यार बिना चेन कहाँ रे” “रात बाँकी”बम्बइ से आया मेरा दोस्तु लगायत गीत सुपरहिट छन् ।
पछिल्लो समय भारतले गीत संगीतको क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ । एघार दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।