adv

दमकमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

दमक,४ फागुन । झापाको दमक १ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कभर्ड हलको उद्घाटनका अवसर ‘डम्बरसिंह, पध्माश्वरी, पूर्णिमा तिलुङ्छा चाम्लिङ राई स्मृति व्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो ।

यहि फागुन ६ र ७ गते आफ्नो नवनिर्मीत कभर्ड हलमा हुने सो पूर्वाञ्चलस्तरिय वी डिभीजनस्तरिय प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २१ हजार,दोश्रोलाई ११ हजार र तेश्रोलाई नगद ७ हजार,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक धनकुमार राईले बताएका छन् । स्वस्थ्यका लागि व्याडमिन्टन खेललाई विकास गर्ने उद्देश्यले स्थानीय राई परिवारले उक्त सुविधासम्पन्न कभर्ड हल निर्माण गरिएको कभर्ड हल समितिका अध्यक्ष रनबहादुर राईले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु