adv

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

दमक, ९ फागुन ।


आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो । २०६६ देखि नेपालमा पनि विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ ।

विश्वमा हरेक १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य विभिन्न अध्ययनहरुबाट सार्वजनिक भएको छ ।

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्दैछ ।

यसै दिवसको अवसरमा हिजो आइतबार तीनवटै संस्थाको आयोजनामा ‘मातृभाषा र मातृभाषा साहित्य सम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा चार कार्यपत्र प्रस्तुत गरिएको थियो ।

मातृभाषा दिवसको इतिहास

सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ ।
त्यसबेला बङ्गलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र संघले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु